२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत

संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकजुट भएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका थिए ।

बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थियो । नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो ।

तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ । अब संसदीय समिति बनाउनुर्पेमा विपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा झण्डै झडपको स्थिति सृजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij