२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेसले असंसदीय व्यवहार देखाएको एमालेको आरोप

कांग्रेसले असंसदीय व्यवहार देखाएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप लगाएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस सांसदले झम्टिएको आरोप लगाए ।

उनले भने, ‘सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जाने हो ? यो असंसदीय घटना हो ।’

उनले अध्यक्षलाई हातपात गर्न खोजेपछि जोगाउन अरु सांसद गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij