२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक

एनसेलका सिइओ जाब्बोर काठमाडौँ, २ जेठ ः एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभ बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै । तस्बिर ः किरणराज विष्ट÷रासस

 

काठमाडौँ ।  निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताए ।

उनले भने, “उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौँ ।”

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको सिइओ कायुमोभले बताए । “फाइभजी ताररहित प्रविधिको भविष्य हो । यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्”, एनसेलको विज्ञप्तिमा भनिएको छ ।

फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ । योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा रहेको छ ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ । “सात दिनको समयसिमा रहेको रु ९८ बाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न योजना छन् । ‘सधैँ अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्नेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij