२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

राजनीतिक स्वार्थका लागि कांग्रेसले सदन अवरुद्ध गर्योः अध्यक्ष ओली

राजनीतिक स्वार्थका लागि कांग्रेसले सदन अवरुद्ध गर्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक स्वार्थका लागि सदन अवरुद्ध गरेको आरोप लगाएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा कांग्रेसको दादागिरी नचल्ने बताएका हुन् । उनले कांग्रेसले सदनमा यस्तो गरिरहे आफू चुप लागेर नबस्ने बताए ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताए । उनले गृहमन्त्रीमाथि आरोप लगाउँदैमा कांग्रेस कुनै न्यायाधीश नभएको बताए ।

उनले भने, ‘संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन। विधि र नियमले चल्नुपर्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। संसदमा सांसदले बोल्न नपाउने ? कसैमाथि आरोप लगाएपछि त्यो सांसदले बोल्न नपाउने हुँदैन। कांग्रेस कुनै न्यायाधीश होइन, जसले अपराधी हो भनेर तोक्छ ।’

त्यस्तै अध्यक्ष ओलीले आफूले नभई कांग्रेसले गिरीबन्धु टि—स्टेटको जग्गा कमिसनमा बेच्न दिएको आरोप लगाए । उनले कांग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग गरे ।

सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ। उसले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij