२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजे : एमाले महासचिव पोखरेल

रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजे : एमाले महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भोटका लागि सस्तो राजनीतिक गर्न खोजेको आरोप लगाएका छन्। चितवन २ बाट निर्वाचित लामिछानेले महिलाका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेपछि महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन्।

उनले फेसबुकमार्फत् लेखेका छन्, ‘चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ। नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनुपर्दछ। हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनुपर्दछ। तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौं।’

उनले चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न आग्रहसमेत गरेका छन्। नेता पोखरेलले दुनियाँका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको उल्लेख गरेका छन्।

उत्पादनको काममा परिवारका सदस्यहरुसँग मिलेर एकसाथ काम गर्ने गरेको उल्लेख गर्दै उनले अहिले युवाहरुको ठू्लो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठूलो संख्यामा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेको नेता पोखरेलको भनाइ छ।

‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्?’ उनले प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij