२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रतिनिधिसभाको बैठक जेठ एक गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक जेठ एक गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १ जेठसम्मका लागि बैठक स्थगित गरेका छन् । दोस्रो बैठकमा सभामुख घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए ।

मन्त्री लामिछाने बोल्न तयार भइरहँदा कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका हुन् । उनीहरू सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए ।

अब १ जेठ साँझ ६ बजे बैठक बस्ने उनले घोषणा गरे । दोस्रो बैठक सुरु भएलगत्तै कांग्रेसको सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । यसअघि आजै पहिलोपटक बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले वेल घेराउ गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij