२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेस संसदीय समिति गठनको मागबाट पछि नहट्ने

कांग्रेस संसदीय समिति गठनको मागबाट पछि नहट्ने

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागबाट पछि नहट्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरुङले संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको बताए । उनले संसद चल्न नचल्ने सरकारको हातमा रहेको बताए । उनले भने,‘हामी हाम्रो अडानबाट ब्याक हुँदैनौं । सदन चल्ने नचल्ने सरकारको हातमा छ ।’

अघिल्लो संसद अधिवेशनमा कांग्रेसले संसदीय समिति गठनको माग राखेर सदनमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो । अब बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ । कांग्रेसले संसदीय समिति गठन नगरे सदन चल्न नदिने बताउँदै आएको छ । तर सरकार संसदीय समिति गठन नगर्ने पक्षमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij