काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।
कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि शनिबार पनि बैठक बसेको थियो ।
यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ । आजको बैठकमा सोही विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij