जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन् । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ ।
उनले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए। महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो ।
माघदेखि सांसद शर्मा पाउने सेवा–सुविधा रोक्का समेत रोक्का गरिएको थियो । सोही प्रकरणमा लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता समेत रहेका शर्मालाई निलम्बन गरिएको सचिवालयले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij