२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैन : विश्वप्रकाश शर्मा

एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैन : विश्वप्रकाश शर्मा

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनँले सो टिप्पणी गरेका हुन्।

कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो।

उनले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए। तर कांग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे।

उनले अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरुले पार्टीका बैठकहरु लाइभ गर्ने दाबी समेत गरे।

महामन्त्री शर्माले भने, ‘लाइभ हुुनु ठूलो कुरा होइन। अब सबै दलको बैठक लाइभ होला। कांग्रेसले शुरु गर्यो। अरुतिर पनि दबाब पर्ला। तर प्रश्न के हो भने कांग्रेसको लाइभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला?’

महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए। निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षामा उर्तीण हुन पढ्नु पर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरलाई जोड दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij