२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ।

स्पेनको सान्ता सुसानामा बसेको एआइपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम आयोजनाको जिम्मा पाएको हो।
बैठकमा नेपाल मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेकोमा नेपालले उक्त दाबी जितेको थियो।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआइपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो।
नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआइपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सकृय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताए ।

एआइपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरुले मात्र गरिरहेको इतिहासमा नेपालले पाएको यो पहिलो अवसर हो।

एआइपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरु उपस्थित हुनेछन्। त्यसमा अरु पाहुना राष्ट्रका पत्रकारहरु पनि सहभागी हुने बताइएको छ।

आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नेपाल खेलकुद पत्रकार मञ्चले पाएको अवसरका पछाडि सम्पूर्ण सदस्यहरुको मेहनत र परिश्रम रहेको भन्दै उनीहरुको प्रशंसा गरे । सुवेदीले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरुको बारेमा एसियालाई देखाउने मौकाको रुपमा सदूपयोग गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij