२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

प्रचण्ड सत्ताको लागि जे पनि गर्नुहुन्छः भट्टराई

प्रचण्ड सत्ताको लागि जे पनि गर्नुहुन्छः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोसा गर्न नसकेको बताएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताएका हुन् ।

उनले प्रचण्डले खोलो तर्यो लौरो विर्सियो भनेझै आफूलाई व्यवहार गरेको बताए । उनले भने, ‘चुनावपछि खोलो तर्यो लौरो विर्सियो भने जस्तो भयो । प्रचण्ड जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो । अब फेरि माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गछौं मिलेर जाऔ
भन्नुभयो । तर प्रचण्डजी माथि मेरो विश्वास थिएन । उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ । तपाईं कुर्सीमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

उनले दाहालले खोलो तर्यो लौरो विर्सियो भनेझै आफूलाई व्यवहार गरेको स्मरण गर्दै थपे, ‘अब फेरी माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गछौं मिलेर जाऔ  भन्नुभयो । तर प्रचण्ड जि माथि मेरो विश्वास थिएन् । उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ । तपाई कुर्सिमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरे ।
उनले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुबेको भन्दै यी दलबाट आशा गर्न नसकिने बताए ।

उनले भने,‘पुराना शक्तिहरुलाई जतिसुकै हामीले दयामाया गरेपनि यी सचिच्नेवाला छैनन् । यी शक्तिहरुका हड्डीसम्म मक्किसकेको छ । आलोपालो सत्तामा जान्छन् । जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन् । अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औंला देखाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij