२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा भने उनी सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij