२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको भन्दै कांग्रेसको आपत्ति

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार विज्ञप्ति जारी गरी सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

कांग्रेसले संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij