२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

१०० किलो सुन प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

१०० किलो सुन प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौँ- सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ। निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए। उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्।

अर्थमन्त्री डा. महतको सचिवालयले पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिइएको पुष्टि गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन्।

बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए।

पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्य नियुक्त भएको थियो। निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए।

सुन तस्करी प्रकरणपछि बदनाम त्रिभुवन विमानस्थल भन्सारमा अर्थले पाण्डेलाई पठाउने निर्णय गरेको हो। यसअघिका प्रमुख पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए।

भन्सार विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए। भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रीलाई समेत उनले आफ्नो बिदाबारे पहिल्यै जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij