२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौँथो पटक विश्वासको मत लिँदैछन् । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन् । तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो ।

पछिल्लो पटक गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो ।

त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij