२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । शुक्रबार विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए ।  रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij