२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कांग्रेस र एमाले एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिनुपर्छः शेखर कोइराला

कांग्रेस र एमाले एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिनुपर्छः शेखर कोइराला

दाङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा बढेको निराशा हटाउन आफूले पार्टीभन्दा माथि उठेर देश बचाउने अभियान सुरु गरेको बताएका छन् ।

दाङको घोराहीमा बिहीबार नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले अभियान सुरु गरेको बताए ।

उनले भने, ‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ । राजनीतिक दलहरुले राष्ट्र पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिउँ ।’

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । नेताहरुले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले संकट बढेको दुःखेसो कोइरालाले पोखे ।
कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij