२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

राष्ट्रियसभा उपाध्यक्षका लागि विष्णुदेवी र विमलाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षका लागि विष्णुदेवी र विमलाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षको निर्वाचन भने बुधबार हुँदैछ ।

आज बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी गत माघमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेकपा एमालेकी घिमिरेलाई सत्ता गठबन्धनको समर्थन छ । ५८ सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद . आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij