सानफ्रान्सिस्को (अमेरिका) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्निया लगायत क्यालिफोर्नियाको सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १४ मा हुने नेपाल डे परेडको तयारी तिव्र गतिमा भैरहेको छ ।
नेपाल डे अघि अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता समेत आयोजना गरिएको छ ।सानफ्रान्सिस्को शहरमा यस अघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो । अप्रिल ९ ,२०२२ मा आयोजना गरेको परेड मा ४००० भन्दा बढ़ीको सहभागी रहेको थियो ।
परेडमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले जानकारी दिए । अब प्रत्येक वर्ष नयाँवर्षको अवसर पारी क्यालिफÞोर्नियाको फरक फरक सहरमा आयोजना गरिने अध्यक्ष ओझाले जानकारी दिए ।
भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहित पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजासत महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन् । साथै आयोजकले सहभागी हुन चाहने टोलीलाई समुह दर्ता गर्न समेत आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ ।
परेडमा क्यालिफोर्नियाका संघसस्थाहरु आफ्नो आफ्नो ब्यानरमा र उपस्थित सबै जना नेपाली पोशाक आर नेपाली झण्डामा उपस्थिति हुने आयोजकले जानकारी गराएको छ । परेडको लागि लगभग सम्पूर्ण तैयारी सकिसकेको र यो परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा राम्रो घनिष्ठता बढ्ने अध्यक्ष ओझाले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij