२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हत्या अभियोगमा कालीबहादुर खामलाई थुनामा पठाउने अदालतको आदेश

हत्या अभियोगमा कालीबहादुर खामलाई थुनामा पठाउने अदालतको आदेश

चितवन । अदालतले व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार चतवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि बिहीबार खामको बयान सुरू भएको थियो । १५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले व्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए । खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij