२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

उपनिर्वाचनः इलाममा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

उपनिर्वाचनः इलाममा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

काठमाडौं । आगमी वैशाख १५ गते हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए ।

त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए । उपनिर्वाचनअन्तर्गत शनिबार उम्मेदवारी दर्ता गराउने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij