२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी गर्दै ३२ जनाविरुद्ध मुद्दा दायर

वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी गर्दै ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री कांग्रेस नेता जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । कांग्रेस नेता शाही अहिले कर्णाली प्रदेशसभा संसदीय दलका नेता छन् ।

उनीविरुद्ध मुद्दा दायर भएसँगै उनी प्रदेशसभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन् । अख्तियारले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गरेको छ ।

अख्तियारले वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै प्रतिवादीविरुद्ध सो बराबरको बिगो र बिगो बराबरको सजायको माग दाबी लिएर मुद्दा दायर गरेको हो ।

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा एयरबस कम्पनीका दुईवटा वाइडबडी विमान खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij