२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन

उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको कांग्रेस बैठक निष्कर्षविहीन

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बुधबार अपरान्ह ४ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने उनले बताए।

उनले भने, ‘पार्टीभित्र धेरै उम्मेदवारहरू देखिएका छन्। सबैलाई सम्झाएर निष्कर्षमा पुग्ने भएर आज निर्णय भएन। भोलि ४ बजे बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने छ ।’

निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij