२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रधानमन्त्री दाहाल आजदेखि औपचारिक कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री दाहाल आजदेखि औपचारिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं :  पत्नी सीता दाहालको निधनपछि शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आजदेखि औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदैछन्। दाहाल आज बिहान अखिल क्रान्तिकारीको संयोजनमा किर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुनेछन्।
त्यसपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न उनी आजै गोरखा जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल विहान ११ बजे गोरखा जाने सचिवालयले जनाएको छ।

बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ।

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ। यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ। हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij