२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत ।  नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।  नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्  ।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएका नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij