२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

शंकरदेव क्याम्पसको स्ववियुद्वारा होली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जोड

शंकरदेव क्याम्पसको स्ववियुद्वारा होली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जोड

काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले होली विशेष कार्यक्रम मनाएको छ । क्याम्प प्रांगणमा आइतबार आयोजित कार्यक्रममा विद्यार्थी आन्दोलनलाई देश विकासमा जोड्नुपर्ने आवश्यकता औँल्याएएको हो ।

नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले शंकरदेव कलेजको विकासका स्ववियुको विशेष योगदान गरेको बताए ।
। “सबै जसो क्याम्पसको स्ववियुमा नेविसंघको उपस्थिति छ । देश परिवर्तनका लागि विद्यार्थी नै लाग्नुपर्छ,“ उनले भने, देश निर्माण गर्ने विद्यार्थी उत्पादनमा स्ववियुले जोड दिनुपर्छ ।“

नयाँ जोगीहरु धेरै खरानी घसेर स्टन्ट गर्दै नागरिकमा भ्रक छर्ने काम गरिरहेको बताए । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीकम सभापति रवि लामिछाने स्वार्थको द्वन्द्व हुने गरी गृहमन्त्री बनेर नैतिकताको राजनीतिलाई चुनौती दिएको नेता बस्नेतले बताए ।

२०८४ पछि साना माओवादी केन्द्रजस्ता सत्ता लिप्त साना दलको दोकान बन्द हुने बस्नेतले बताए ।

यस्तै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले विद्यार्थीको हक हितका लागि धेरै काम गर्न बाँकी रहेको बताए ।

शंकरदेव क्याम्पका लागि बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा ५० लाख र शंकरदेवका पूर्व सभापति शुभराम बस्नेतको पहलमा काठमाडौं महानगरपालिकाबाट ४० लाख प्राप्त भएको सभापति बस्नेतले बताए ।

यस्तै शंकरदेव स्ववियु सचिव मदन उपाध्यायले मुर्झाएको विद्यार्थी आन्दोलन उठाउनुपर्ने चुनौती देखिएको बताए । कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका स्ववियु सभापतिहरुको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij