२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

उद्यमीकाे मनाेबल गिराइयाे, मेराे चरित्रको प्रमाणपत्र कसैलाई बुझाईराख्नु पर्दैन : सांसद चाैधरी

उद्यमीकाे मनाेबल गिराइयाे, मेराे चरित्रको प्रमाणपत्र कसैलाई बुझाईराख्नु पर्दैन : सांसद चाैधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई पनि बुझाउनु नपर्ने बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएर सरकारी वकिल कार्यालयबाट बिहीबार बाहिरिने क्रममा चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘स्टन्ट गर्नेहरूलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।’

उनले आफ्नो ४५ वर्ष लामो व्यावसायिक यात्रामा जहिले पनि उद्यमी र विकासको राजनीतिक गरेको बताए । उनले यो विषयमा अहिले आएर राजनीतीकरण गर्न खोजिएको बताए । सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको एक दिनपछि उनको बयान लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij