२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

मोहनविक्रम सिंहले कम्युनिष्ट भनेर जिन्दगीभरि ढाँटेको ओलीको आरोप

मोहनविक्रम सिंहले कम्युनिष्ट भनेर जिन्दगीभरि ढाँटेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोहनविक्रम सिंहले आफू कम्युनिष्ट भनेर जिन्दगीभरि ढाँटेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सत्ता बाहिर पुगेपछि मोहन विक्रम सिंहले छाती पिटीपिटी रोएको बताए।

उनले भने, ‘मोहनविक्रम सिंह, कांग्रेस सरकार बाहिर गयो भनेर छाती पिटीपिटी रुँदैछन्। कांग्रेसको सरकार भए त श्रीमतीलाई राष्ट्रियसभामा मनोनित गरेर पठाउँथे होला भन्दै ग्वाँग्वाँ रोइरहेका छन् । मान्छेहरू यसरी पतन हुन्छन्। बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो ।’

उनले पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिए । अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको बताए ।

उनले प्रश्न गरे, ‘काठमाडौंमा हाम्रो प्रदर्शन कसरी कमजोर भयो ? काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं, यो स्थितिलाई अनिवार्य बदल्नुछ ।’ उनले पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरुको नोट गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij