काठमाडौ । नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दीपक गिरीले राजीनामा माग गरेका हुन् ।
उनले बुटवलको सुप्रिम सहकारीमा संलग्न दीपेश पुन पक्राउ परेपनि गृहमन्त्री रवि लामिछानेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने, ‘उहाँमाथि सीआइबीले सहयोग गरिरहेको थियो। तत्कालिन गृहमन्त्रीले छानविन अघि बढाउन निर्देशन पनि दिनुभएको थियो। तर अहिले सत्ता गठबन्धन बदलियो। अनुसन्धान हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर आउनुभएको छ। तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं।’
नेपाल प्रहरी र सीआईबीले समेत उनीमाथि छानबिन अघि बढाएको भन्दै उनले सत्ता समीकरण बदलेर गृह मन्त्रालय लिएको आरोप लगाए । मुद्दालाई प्रभावित पार्ने गरी कानुनी राज्यमा सुहाउने कुरा नभएकोले आफूहरूको गम्भीर चिन्ता र चासो भएको उनले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij