२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सीजीले ल्यायो ‘फ्री एसी सर्भिस क्याम्प’ अफर

सीजीले ल्यायो ‘फ्री एसी सर्भिस क्याम्प’ अफर

काठमाडौं। सीजीले ‘फ्री एसी सर्भिस क्याम्प’ अफर ल्याएको छ। सीजी ब्रान्डले एसीका आफ्ना ग्राहकका लागि नेपालभर सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० हुने जानकारी गराएको हो। क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ। त्यसका लागि सीजीका टोल फ्री फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गरी अपोइन्टमेन्ट लिन सकिने कम्पनीको भनाइ छ।

अफरमा एसी मर्मतमा कुनै शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० % सम्मको छुट, एक्सचेन्जमा ५० % सम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिदमा २० % सम्मको छुट सुविधा रहेका कम्पनीले बताएको छ।

साथै अफरमार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्ने पनि कम्पनीले बताएको छ। सीजीका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन र कर्मचारीले नयाँ एसीहरूको आदानप्रदान तथा खरिदमा सहयोग गर्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij