२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

झापा र सुनसरीमा भारी वर्षा : बाढी जोखिम उच्च, सतर्क रहन विभागको आग्रह

झापा र सुनसरीमा भारी वर्षा : बाढी जोखिम उच्च, सतर्क रहन विभागको आग्रह

काठमाडौं :  झापा र सुनसरी जिल्लाका केही स्थानमा गएरातिदेखि ठूलो वर्षा भइरहेकोे छ।

ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सूचना जारी गर्दै सुनसरीको धरान–चतरा, झापाको कनकाई नदी, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज पनि कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

यस्तै आज राति पनि कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना देखिएको छ। हिजो आज र मनसुन सक्रिय रहे पनि भालिदेखि भने घट्दै जाने मौसमविद् महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij