काठमाडौं । काठमाडौं। अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्रान्ड एलजीले नेपालका ग्राहकलाई लक्षित गर्दै ‘नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४’ सुरु गरेको छ। उक्त क्याम्प बिहीबार (चैत १ गते)देखि सुरु भएको कम्पनीले जानकारी दिएको छ। ‘सबै मौसमका लागि एलजी एसी’ नारासहित कम्पनीले क्याम्प सुरु गरेको हो।
क्याम्पमा ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ तथा जुनसुकै अवस्थाको पुरानो एसी साट्न सक्ने कम्पनीले बताएको छ। साट्दा पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्यांकन गरिने कम्पनीको भनाइ छ। ग्राहकले वेबसाइट मा गएर आफ्नो पुरानो एसीको मूल्यांकन आफैं पनि गर्न सक्ने कम्पनीले बताएको छ।
साथै उक्त सुविधा र सर्भिस लिन ग्राहकले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनुपर्नेछ। रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरु घरमै गई यो सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै एलजीको नयाँ एसी खरिदमा १८ प्रतिशतसम्म छुट प्रदान गरिने बताएको छ। साथै ग्राहकले नयाँ एसीमा ४ हजार रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पाउने र एलजीको एसीहरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी पाउने पनि कम्पनीको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij