२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमालेले अवरोध हटाउने भएपछि राष्ट्रियसभा बैठक बस्दै

एमालेले अवरोध हटाउने भएपछि राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ- संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै संसद् बैठक अवरूद्ध गरेपछि विनियोजन विधेयकमाथि छलफल हुन सकेको थिएन।

भोलि (बुधबार)सम्म बजेट पारित गरिसक्ने कार्यसूचीअन्तर्गत आजै सबै मन्त्रालयगत छलफल सक्न लागिएको हो।

भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएपछि राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij