काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएका छन्।
तिथिअनुसार आज श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहित क्षमापूजा र होमसहित विशेष पूजामा सामेल हुन लागेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएकाे छ।
आफू प्रधानमन्त्री छँदा राज्य र पशुपतिकोषको गरी ८० करोडमा जलहरी निर्माण गरी अर्पण गरेपछि हालै उत्पन्न विवाद अनि जलहरी हटाइ अख्तियारको आदेशमा भएको छानविन र पूजा अर्चनामा उत्पन्न भएको बाधकको प्रायश्चितका लागि हुने क्षमापूजामा उनी आज सामेल हुन लागेका हुन्।
तत्कालीन समयमा जलहरी चढाउँदा प्रधानमन्त्री रहेका ओली यस पटकको क्षमापूजामा भने उनको निजी खर्चमा हुन लागेको हो। कोषका अनुसार पशुपतिमा क्षमापूजा ११ हजार रुपैयाँ शुल्क हुन्छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij