काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र १ नं. ब्राण्ड सि.जी.ले आफ्नो डिलर मीट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । सि.जी ले यहि फाल्गुन १४ गतेको दिन सौराह स्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मीट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो ।
यसैबीच, क्रार्यक्रममा सि.जी.बाण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलर महानुभावहरुबीच लन्च गरेको छ ।
उक्त कार्यक्रममा सि.जी.ले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरुलाई निमन्त्रणा गरि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमा चौधरी ग्रुप लगायत सि.जी. बाण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र बाण्डको बारेमा जानकारी दिइएको थियो । साथै बिभिन्न क्षेत्रका डिलरहरुलाई बिभिन्न अवार्डहरु बितरण गरि हौसला पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा सि.जी. का भाईस प्रेसिडेन्ट श्री एस.सि.साबु ज्यू र बि.यु. यच. धर्मेन्द्र जोशीबाट दीप प्रज्जवलन गरि कार्यक्रम प्रारम्भ भएको थियो । सेल्स हेड हरिचन्द्र अर्याल ज्यूूले आकर्षक स्किमको पनि घोषणा गरे ।
कार्यक्रममा ७० जना भन्दा बढि डिलर महानुभावहरुका साथै पत्रकार महानुभावहरुको उपस्थिति रहेको थियो । सि.जी. बाण्डका घरायसी सामाग्रीहरुको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरुको जानकारी एवंम आउदै गरेको सामानहरुको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बताए ।
आफ्ना सम्पूर्ण डिलर महानुभावहरुलाई आउँदा दिनहरुमा अझै राम्रा राम्रा सामानहरु र आकर्षक योजनाहरु पनि ल्याउने जानकारी दिदै सेल्स हेड हरिचन्द्र अर्याल र सि. जी. सेल्सका डि.जी.एम शैलेन्द्र झा ले बाचा गरे साथै सि. जी.का मार्केटिङ मेनेजर श्री गौरव हमालले आफ्नो भनाई राख्दै आफ्ना डिलरहरुलाई हौसला प्रदान गरे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij