२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना

विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना

काठमाडौँ- जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलान रोकिएका छन्।

आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।

विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए।

त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। ‘व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने।

महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij