२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आजको संसद् बैठक चल्नलाई प्रतिपक्षीले देलान् त ?

आजको संसद् बैठक चल्नलाई प्रतिपक्षीले देलान् त ?

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।

एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।

तर सहमति एक घण्टा पनि टिक्न सकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेका थिए । तीन नेताबीचको सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । पछि सो बैठक पनि आजलाई सारिएको थियो ।

यसिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।

‘सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर ‘भएन’ है भन्नुभयो । भएन भनेपछि उहाँले संसद् अवरोध गर्ने नै देखियो, त्यसैले आइतबारको बैठक स्थगित भएको हो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने ।

तर एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा आइतबारको बैठक सोमबारलाई सारेको दाबी गरे । ‘हामी त सहमतिअनुसार अघि बढ्न तयार थियौँ तर प्रधानमन्त्रीले नै सोमबारसम्म बैठक स्थगित गर्नु भनेर सभामुखलाई भन्नुभएछ’, गिरीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij