२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बैंकमा सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहन्छ : राष्ट्र बैंक

बैंकमा सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाकाबारेमा केही समूहले दिएको अभिव्यक्तिप्रति ध्यानार्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको हो । राष्ट्र बैंकले बैंकमा सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ।’

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पनि उल्लेख गरेको छ । पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही बैंकको नाम लिएर बैंक डुब्न लागेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij