२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसनबाट एलजी सम्मानित

एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसनबाट एलजी सम्मानित

काठमाडौं। एलजी इलेक्ट्रोनिक्स (एलजी)ले कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए) बाट एआई प्रबन्धन प्रणाली (एआइएमएस) सर्टिफिकेसन (आइएसओ/आइइसी ४२००१) प्राप्त गरेको छ। आइएसओ/आइइसी ४२००१ बाट सम्मानित भएपछि एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरण सुरक्षित र डेटा सुरक्षालाई प्राथमिकता दिएको देखाउने कम्पनीले जनाएको छ।

एआइएमएस प्रमाणीकरणले सुरक्षा, निष्पक्षता, पारदर्शिता, जवाफदेहितालगायत एआई उत्पादन र सेवासँग सम्बन्धित सम्भावित मुद्दामा नियन्त्रण सुनिश्चित गर्न एलजीको प्रयासले ग्राहक विश्वास बढाउन र प्रतिस्र्धालाई बलियो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

गत वर्ष, स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी युएलद्वारा वासिङ मेसिन र ड्रायरका लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माता बनेको थियो।

एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीबाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी प्रमाणीकरण प्राप्त गरेको छ।

‘प्रमाणीकरणपछि हामीले व्यापक एआई व्यवस्थापन प्रणाली स्थापना गरेका छौं र ग्राहकलाई राम्रो जीवनका लागि सुरक्षित, जिम्मेवार एआई आधारित समाधान उपलब्ध गराउन प्रतिबद्ध छौं भनेर देखाउँछ’, एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसन कम्पनीका अध्यक्ष ल्यु जे चुलले भने।

एलजीले नेपालमा पनि ३५ वर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्तका साथै विगत केही वर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादन बिक्री गर्दै आएको छ। नेपालभर एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij