काठमाडौँ– शुक्रबार (आज) राष्ट्रियसभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२:२९ बजे बैठक बस्ने तयारी छ।
बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।
जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि छलफल हुने कार्यसूची छ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक २०८० सभासमक्ष पेस गर्ने छन्।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij