काठमाडौं : प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्दैछ। बैठकमा तीन विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० बैठकमा टेबुल हुनेछ। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् ।
यस्तै राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन्।
यी विधेयकमाथिको संशोधनलाई शुक्रबार नै निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।