२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन शिक्षण संस्थालाई काठमाडौँ महानगरको निर्देशन

कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन शिक्षण संस्थालाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह गरेको छ । छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिका महानगरभित्र रहेको शिक्षण संस्थालाई यस्तो आग्रह गरेको हो ।

“विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ,” महानगरले सार्वजनिक सूचना प्रकाशन गर्दै भनेको छ, “यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।”

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई महानगरको आग्रह छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन पनि शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।

“कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,” महानगरले भनेको छ, “काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार सान्तभित्र पठाउनुहुन सूचित गरिन्छ ।”

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशन भइसकेको छ ।

11688693011.JPG

 

21688693025.JPG

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij