२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.९१ प्रतिशतले बढेको थियो ।

नेप्से घटेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँमा खरिदबिक्री भए ।

२२ करोड भन्दाबढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । सगरमाथा जलविद्युतको ११ करोड बराबर मूल्यको सेयर कारोबार हुँदा जोशी हाइड्रोपावरको १० करोड,एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकासको ८ करोड मूल्य बढीको शेयर कारोबार भयो ।

१३ वटा उपसमूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक १२ वटा उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये ७९ को मूल्य बढ्दा १६३ को मूल्य घट्यो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij