२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

काठमाडौं- कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए। केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन्। तर अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन ।

कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन। बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्।

राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा दिए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन्।उनीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट गरेका छन् तर कुनै निष्कर्ष निस्किएको छैन।

कांग्रेसलाई राप्रपाले साथ नदिने भएपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने सम्भावनाको चर्चा चलिरहेको छ। कांग्रेस र एमाले मिलेर सरकार बन्नसक्ने पनि चर्चा भइरहेको छ।

कोशीमा एमाले–राप्रपासँग पनि ४६ सांसद छन्। एमालेसँग मात्रै ४० सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij