काठमाडौं । नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
असार २७ गते पार्टीको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ। झन्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकअघि जिल्ला सभापतिसँग छलफल गर्न लागिएको हो।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij