काठमाडौँ- पल शाहलाई उत्कृष्ट अभिनेताको अवार्डले सम्मान गरिएको छ। सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो। कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना हुन सकेको थिएन।
यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो। उक्त वर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त गरेको छ। उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।
पूजा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ।
यसै फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन्।
चलचित्रकर्मीहरूको बाक्लो उपस्थितिकाबीच सम्पन्न अवार्ड समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र हास्य अभिनेत्री तथा चर्चित निर्देशक दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान दिइएको छ।
समारोहमा १३ औँ संस्करण अन्तर्गत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो।
डिसिने अवार्ड २०७७ अन्तर्गत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन्। सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेतले पाएका छ्न्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij