२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भ्रष्टाचार मुद्दा परेपछि निलम्बित वडाध्यक्षलाई माओवादीले पार्टीबाट निकाल्यो

भ्रष्टाचार मुद्दा परेपछि निलम्बित वडाध्यक्षलाई माओवादीले पार्टीबाट निकाल्यो

काठमाडौँ- धनुषाको सहिदनगर नगरपालिका ८ का निलम्बित वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि निलम्बनमा परेका वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई माओवादी केन्द्रले पार्टीबाट पनि निकालेको हो।

पार्टीको सहिदनगर नगर कमिटीका अध्यक्ष रहेका कुसियैतले पार्टीको विधानविपरित क्रियाकलाप गरेकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रको सहिदनगर नगर समितिका वरिष्ठ उपाध्यक्ष सुरेश कापर र सचिव रामकिशोर पासवानले आइतबार विज्ञप्ति जारी गरी यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका छन्।

यादवले पार्टीको नीति सिद्धान्त, मर्यादा र आचरणविपरीत गतिविधि गरेका प्रमाण भेटिएकाले उनलाई पार्टीबाट हटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यही असार १५ गते बसेको नगर कार्यसमितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

यादवलाई पार्टीबाट निष्कान गर्ने निर्णयको बोधार्थ माओवादी केन्द्रको केन्द्रीय समिति, प्रदेश समिति र पार्टी केन्द्रीय सचिवालयलाई पठाइएको छ।

अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष रहेका यादवले २०७४ सालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी निलम्बनमा परेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij