२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

त्यस्तै निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij