२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

मुगुको छायानाथ राराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

मुगुको छायानाथ राराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव इञ्जिनियर हस्त बहादुर मल्लसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको जनही २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो, बिगोअनुसारको जरिमाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुले कामको बढी मूल्याङ्कन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार एवं भुक्तानीको लागि पेश गरेर २८ लाख ६२ हजार ४५९ भुक्तानी लिएको अख्तियारको दाबी छ । अखितयारले भुक्तानी लिएको रकमलाई भ्रष्टाचारको रकम मानेर सो रकम बराबरको बिगो र जरिमानासमेत असुल गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij